५७ उपसचिवको सरुवा:जिसस कास्कीका उपसचिव नवराज बरालको लमजुङ सरुवा

केन्द्रभाग मिडिया

काठमाडौं ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ५७ जना उपसचिवहरुको सरुवा तथा पदस्थापन गरेको छ ।राष्ट्रिय सभा निर्वाचनको संघारमा मन्त्रालयले सरुवा गरेको हो ।

सरुवा तथा पदस्थापनको यो सूचीमा अतिरिक्त समूहमा रहेका २५ उपसचिवहरुसमेत छन् । जिल्ला समन्वय समिति कार्यालय कास्कीका उपसचिव नवराज बरालको पनि सरुवा भएको छ । उनको मध्यपुर नेपाल लमजुङ सरुवा भएको हो ।

राष्ट्रिय सभा निर्वाचन नजिकिएकाले प्रमुख प्रशासकीय अधिकृत, इन्जिनियर बाहेकका अन्य कर्मचारीहरुको भने अन्तर स्थानीय तह सरुवा स्थगित गरिएको मन्त्रालयले जनाएको छ । राष्ट्रिय सभा निर्वाचन आउँदो माघ १२ गते हुँदै छ ।

  • २० पुष २०७८, मंगलवार १४:०८ प्रकाशित