टोकियो ।
नेपाल सरकारका प्रवक्ता एवं सञ्चार, सुचना तथा प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले नेपाली राजदूतावास जापानको टोकियोमा भवन बनाउन चासो देखाएका छन् ।
टोकियोमा विहिबार आयोजित एक कार्यक्रममा बोल्दै एमाले उपमहासचिव समेत रहेका गुरुङले प्रक्रियागत रूपमा भवन निर्माणको लागि जंगा र लागत पठाउन राजदूतमार्फ़त आग्रह गरेका हुन्
स्वागत तथा भेटघाट कार्यक्रम बोल्दै नेपाली दूतावास जापानको भवन बनाउन जंगा र भवन निर्माणको लागि लागत बजेट सहित ठोस योजना पठाउन राजदूत समक्ष आग्रह गरेका छन् । एशिया फ्यासिफ़िक टेक्नोलोजी बारे मन्त्री स्तरीय बैठकमा सहभागी हुन टोकियो पुगेका मन्त्री गुरुङले भवन निर्माण सहित जापानको नेपाली समुदाय र दूतावासको वस्तुस्थिति बारे प्रधानमन्त्रीलाई जानकारी गराउने समेत जानकारी दिए।
गणतन्त्र दिवसको अवसरमा आयोजित डिनर सहित सम्मान कार्यक्रममा लोकतान्त्रिक गणतन्त्रको विकल्प राजतन्त्र हुनै नसक्ने जिकिर गरे। एनआरएनए अभियंताहरूको जिज्ञासामा मन्त्री गुरुङले विधि र विधान अनुसार चलेको संस्थामा राजनीतिक हस्तक्षेप गर्न नहुने बताउदै एकताबद्ध भएर अघि बढ़न अपील गरे। एनआरएनएको विवाद अदालतसम्म पुगेकोले नेपाल सरकारको क़ानुन अनुसार दर्ता संस्था भएकोले परिआए सरकारले आधिकारिक निर्णय गर्ने बताए ।
प्रवासी नेपाली मञ्च जापानका अध्यक्ष कुलचन्द्र खरेलको अध्यक्षतामा भएको कार्यक्रम जापानका लागी नेपाली राजदूत डा. दुर्गा बहादुर सुवेदी, एनआरएनए आईसीसी उपाध्यक्ष रोविन शेरचन, प्रवासी नेपाली मञ्च जापान इञ्चार्ज सुरेश केसी, सल्लाहकार डा. राम गिरी एनआरएनए जापानका अध्यक्ष नवीन न्युरे, नेपाल पत्रकार महासंघ जापानका अध्यक्ष शान्त पहरी, नेफिन जापानका अध्यक्ष श्री गुरुंङ लगायतले शुभकामना दिएका थिए ।
मन्त्री गुरुङको स्वागत तथा सम्मानको लागि प्रवासी नेपाली मञ्च जापानले आयोजना गरेको कार्यक्रमको स्वागत मन्त्व्य बाबुराम भण्डारी र सञ्चालन राजेन्द्र श्रेष्ठले गरेका थिए ।














