काठमाडौँ ।
भिजिट भिसामा सेटिङ प्रकरणमा गृहमन्त्री रमेश लेखकले नेपाली कांग्रेसको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकमा प्रष्टीकरण दिएका छन् ।
सोमबार बिहान सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बसेको बैठकमा गृहमन्त्री लेखकले आफूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका प्रमुख अध्यागमन अधिकृत ९सहसचिव० तिर्थराज भट्टराईलाई बदमासी गरेको थाहा पाएरै हटाएको बताएका हुन् ।
भिजिट भिसामा सेटिङ प्रकरणमा के भएको हो भनेर नेताहरूले कुरा उठाएपछि बैठकमा लेखकले भनेका थिए, ‘कर्मचारीले बदमासी गरेको थाहा पाएपछि हटाएको हुँ, मेरो कुनै संलग्नता छैन ।’
गृह मन्त्रालय स्रोतका अनुसार प्रमुख अध्यागमन अधिकृत भट्टराईले एक महिनादेखि सरुवा माग्न मन्त्रालयमा धाइरहेका थिए । तर, गृहमन्त्री लेखकले भने अन्य विश्वासिलो मान्छे भेटिएको छैन भन्दै भट्टराईलाई रोकिरहेका थिए ।














