आइन्दा उत्तेजक अभिव्यक्ति नदिन प्रधानमन्त्रीलाई महामन्त्री थापाको आग्रह

केन्द्रभाग मिडिया

फाइल तस्बिर

काठमाडौं ।
प्रधानमन्त्री ओलीले आइतबार नेकपा एमाले बागमती प्रदेश कमिटीद्वारा आयोजित वडाध्यक्षहरुको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै १५ जेठमा राजधानी काठमाडौंलाई एमालेको नियन्त्रणमा राख्न दिएको निर्देशन विवादमा परेको छ । प्रधानमन्त्री ओलीले दिएको उक्त निर्देशनको विपक्षी दलसहित सत्ता पक्षकै नेताले पनि विरोध गरेका छन् ।

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले प्रधानमन्त्री ओलीले नागरिकलाई उत्तेजक बनाउने अभिव्यक्ति दिन नहुने भन्दै ध्यानाकर्षण गराएका छन् । सोमबार बसेको पार्टीको पदाधिकारी बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले उत्तेजक अभिव्यक्ति नदिन प्रधानमन्त्री ओलीको ध्यानाकर्षण गराए ।

‘हामीले त कसैलाई उत्तेजनामा ल्याउने काम गर्न पाइँदैन भने सम्माननीय प्रधानमन्त्रीले त्यस्तो भन्नुहुन्छ भन्नेकुरा कल्पना पनि गरिँदैन,’ थापाले भने, ‘त्यसैले यो जे जस्ता कुराहरु बाहिर सुनियो । त्यस्ता कुराहरु बाहिर आइन्दा नदोहोरियोस् ।’

  • १२ जेष्ठ २०८२, सोमबार १४:५० प्रकाशित