पोखरा ।
काठमाडौंमा एक भारतीय नागरिक सुन र झण्डै २९ लाख नगदसहित एक युवक काठमाडौंबाट पक्राउ परेका छन्
भारत महाराष्ट्र सोलापुर घर भई काठमाडौं कोटेश्वर बस्नै श्रीराम ज्वेलर्शका सञ्चालक वर्ष २७ का योगेश श्रीमंत मगर सुन, चाँदी र ठुलो नगद रकमसहित पक्राउ परेको जिल्ला प्रहरी परिसर काठमाडौंले जानकारी दिएको छ ।
यहि जेठ ९ गते शुक्रबार साँझ साढे ५ बजेको समयमा पक्राउ परेका योगेशको साथबाट सुन जस्तो देखिने पहेँलो धातु ७३४.२९ ग्राम,चाँदी जस्तो देखिने सेतो धातु ९ के.जी. ५०० ग्राम र नगद २८ लाख ९३ हजार रुपैयाँ नगद बरामद भएको जिल्ला प्रहरी परिसर काठमाडौंका सुचना अधिकारी अपीलराज बोहराले जानकारी दिएका छन् ।















