बन्दीप्रत्यक्षीकरण रिटमा लामिछानेका वकिलको बहस सकियो

केन्द्रभाग मिडिया

काठमाडौँ ।

राष्ट्रिय स्वतन्त्र पार्टी  (रास्वपा) सभापति रवि लामिछानेको बन्दीप्रत्यक्षीकरण सम्बन्धी सर्वोच्च अदालतमा दायर रिटमा लामिछानेका वकिलहरुको बहस सकिएको छ ।

पूर्व गृहमन्त्री समेत रहेका लामिछानेको तर्फबाट बिहीबार वरिष्ठ अधिवक्ता रमण श्रेष्ठले बहस गरेका हुन् । लामिछानेको तर्फबाट वरिष्ठ अधिवक्ता रमण श्रेष्ठ बहस गर्दा गर्दै समय अपुग भएपछि हेर्दाहेर्दैमा राखिएको थियो ।

बटुवलको सुप्रिम सहकारी ठगी प्रकरणमा जिल्ला अदालत रुपन्देहीले लामिछानेलाई धरौटीमा रिहा गरेको थियो ।तर, उच्च अदालत बुटवलले पुर्पक्षका लागि थुनामा पठाएपछि यसविरुद्ध सर्वोच्चमा निवेदन पेश भएको थियो ।

  • ८ जेष्ठ २०८२, बिहीबार १५:११ प्रकाशित