माओवादी केन्द्रको अध्यक्षमा प्रचण्ड निर्विरोध

केन्द्रभाग मिडिया

काठमाडौं ।
नेकपा माओवादी केन्द्रको अध्यक्षमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई निर्विरोध चयन भएका छन् । नवनिर्वाचित केन्द्रीय कमिटीको बैठकले प्रचण्डलाई नै निरन्तरता दिने निर्णय गरेको हो ।

कृष्णबहादुर महरा समर्थक र नारायणकाजी श्रेष्ठ प्रस्तावक भएर प्रचण्डलाई अध्यक्ष प्रस्ताव गरेका हुन् ।

प्रचण्ड तीन दशकदेखि अध्यक्षको जिम्मेवारीमा रहँदै आएका छन् ।

  • १९ पुष २०७८, सोमबार १७:१२ प्रकाशित