आज साँझ मन्त्रिपरिषद् बैठक बस्दै, गभर्नर नियुक्ति गर्ने सम्भावना

केन्द्रभाग मिडिया

काठमाडौँ ।

मन्त्रिपरिषद्को नियमित बैठक बस्दैछ ।सोमबार साँझ मन्त्रिपरिषद् बैठक बस्ने भनिए पनि स्थानबारे केही नभनिएको एक मन्त्रीले जानकारी दिए ।

आजको मन्त्रिपरिषद् बैठकले नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्ति गर्ने सम्भावना प्रबल रहेको बताइएको छ ।मन्त्रिपरिषद् बैठक अघि अर्थमन्त्री विष्णु पौडेल नेतृत्वको गभर्नर सिफारिस समितिको बैठक बस्ने छ । समितिले गभर्नरमा तीन जनाको नाम सिफारिस गर्नेछ ।

कांग्रेस र एमालेबिच विश्व पौडेललाई गभर्नर बनाउने सहमति भइसकेकाले समितिको बैठक बसेर उनीसहित अन्य दुई जनाको नाम सिफारिस गर्ने तयारी भइरहेको बुझिएको छ ।

  • ५ जेष्ठ २०८२, सोमबार १०:३९ प्रकाशित