आज कति छ सुनको भाउ ?

केन्द्रभाग मिडिया

नेपाली बजारमा आज  (आइतबार) सुनको भाउ घटेको छ भने चाँदी बढेको छ।

अघिल्लो दिन अर्थात् शुक्रबार एक हजार चार सय घटेको सुनको भाउ यसदिन प्रतितोला तीन सय रूपैयाँ घटेको हो।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ९० हजार पाँच सय रूपैयाँमा कारोबार भइरहेको छ।

शुक्रबार छापावाल सुन प्रतितोला एक लाख ९० हजार आठ सय रूपैयाँमा कारोबार भएको थियो।यसैगरी, आइतबार चाँदीको मूल्य भने बढेको छ।

यस दिन चाँदीको मूल्य प्रतितोला एक हजार नौ सय ७० रूपैयाँमा कारोबार भइरहेको छ।शुक्रबार चाँदी प्रतितोला एक हजार नौ सय ६० रूपैयाँमा कारोबार भएको थियो।

आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस ३३ सय २७ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

  • २८ बैशाख २०८२, आईतवार ११:२२ प्रकाशित