रेशम चौधरीमाथि सरकारको कुनै पूर्वाग्रह छैन : गृहमन्त्री लेखक

केन्द्रभाग मिडिया

काठमाडौं ।

गृहमन्त्री रमेश लेखकले नाउपाका संरक्षक रेशम चौधरी पक्राउ प्रकरणमा सरकारको कुनै पूर्वाग्रह नरहेको प्रष्टीकरण दिएका छन् ।

प्रतिनिधि सभाको बैठकमा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै सर्वोच्च अदालतको शाखा अधिकृत महिमानसिंह बिष्टले अनधिकृत पत्र तयार पारेको कारणले चौधरीलाई पक्राउ गरिएको भएपनि अध्ययन लगत्तै छाडिएको बताए ।

उनले भने, ‘भविष्यमा यस्ता घटना नदोहोरिनको लागि सबैलाई सचेत र सजग बनाएको छ। यस घटनाले रेशम चौधरीलाई भएको पीडाप्रति दुख व्यक्त गर्न चाहन्छु ।’

उनले अनधिकृत पत्र तयार पार्ने व्यक्तिलाई पक्राउ गरिसकेको बताए । प्रहरीले सर्वोच्चको आदेश पालना गर्ने उद्देश्यले मात्रै चौधरीलाई पक्राउ गरेको भएपनि सत्य पत्ता लागेपछि छाडेको बताए ।

  • २५ बैशाख २०८२, बिहीबार १७:२८ प्रकाशित