काठमाडौँ ।
नेपाली बजारमा सुनको मुल्य उकालो लागिरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारको तुलनामा आज बिहीबार छापावाल सुनको मूल्य तोलामा ६०० रुपैयाँ बढेको हो ।
महासंघका अनुसार बिहीबार सुनको मूल्य तोलामा १ लाख ९२ हजार २०० रुपैयाँ कायम भएको छ । बुधबार भने तोलामा १ लाख ९१ हजार ६०० रुपैयाँ कायम भएको थियो ।
यस्तै चाँदीको मूल्य भने घटेको छ । बुधबार तोलामा १ हजार ९६५ रुपैयाँ कायम भएको चाँदीको मूल्य बिहीबार घटेर तोलामा १ हजार ९५५ रुपैयाँ कायम भएको हो ।















