आज मन्त्रिपरिषद् बैठक बस्दै, यी एजेण्डामा हुनेछ छलफल

केन्द्रभाग मिडिया

काठमाडौं ।

आज (बिहीबार) साँझ मन्त्रिपरिषद्‌को बैठक बस्दैछ । प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार साँझ पाँचबजे सरकारी निवास बालुवाटारमा बस्नेगरि मन्त्रिपरिषद्को बैठक आह्वान गरेका हुन् ।

सरकारले लामो समयदेखि नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्त गर्न सकेको छैन । राष्ट्र बैंककोकार्यकारी निर्देशकबाट राजीनामा दिएका डा. गुणाकर भट्टलाई गभर्नर बनाउन नेपाली कांग्रेस र नेकपा एमालेको नेतृत्व सहमत भएको भनिए पनि नियुक्तिमा ढिलाइ हुँदै आएको छ ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठकमा संसदमा जारी आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफल, सरकारका नियमित कामकारबाहीबारे समीक्षा, समसामयिक विषयका साथै राष्ट्र बैंकमा गभर्नर नियुक्तिलगायत विषयमा छलफल हुनेछ ।

सरकारले टुंगो नलगाउँदा राष्ट्र बैंक गत २५ चैतदेखि गभर्नर विहीन छ । अहिले कामु गभर्नरको जिम्मेवारी निलम ढुङ्गानाले निर्वाह गरिरहेकी छिन् ।

  • २५ बैशाख २०८२, बिहीबार १०:३७ प्रकाशित