भारत र पाकिस्तानबीच द्वन्द्व बढेपछि सशस्त्रद्वारा सीमा क्षेत्रमा उच्च सतर्कता

केन्द्रभाग मिडिया

काठमाडौँ ।

भारत र पाकिस्तानबीच तनाब बढेपछि सशस्त्र प्रहरी बलले सीमा क्षेत्रमा उच्च सतर्कता अपनाएको जनाएको छ ।

बलका सहायक प्रवक्ता नायब उपरीक्षक शैलेन्द्र थापाले पछिल्लो समय विकसित क्षेत्रीय सुरक्षा परिस्थितिलाई मध्यनजर गर्दै सीमा क्षेत्रमा उच्च सतर्कता अपनाएको जानकारी दिए ।

‘सीमा क्षेत्रबाट हुनसक्ने अवैध घुसपैठलाई रोक्नको लागि सीमा सुरक्षाको प्रमुख जिम्मेवारी पाएको सशस्त्र प्रहरी बल, नेपालले भारतिय समकक्षी सशस्त्र सीमा बल ९एसएसबि०सँगको सहकार्य र समन्वयमा सीमानामा संयुक्त रुपमा गस्ती पट्रोल र खबर आदान–प्रदानलाई तिब्रता दिएको छ । यसैगरी एक बिओपीबाट अर्को बिओपीसम्म २४ घण्टा सीमा ईलाकामा रहने गरी पट्रोलिङ गरिएको छ,’ सहायक प्रवक्ता थापाले भने ।

अनाधिकृत घुसपैठ नियन्त्रण र निगरानीका लागि सीमा क्षेत्रमा पर्ने सबै बाहिनीपतिहरुलाई प्रधान कार्यालयबाट विशेष निर्देशन दिइएको उनले बताए ।

  • २४ बैशाख २०८२, बुधबार १६:३८ प्रकाशित