कर्मचारी कुट्ने वडाध्यक्षलाई तुरुन्त कारबाही गर्न कर्मचारी संगठनको माग

केन्द्रभाग मिडिया

पोखरा ।

पोखरा महानगरपालिकामा कार्यरत क्रियाशील कर्मचारी संगठनले कर्मचारी कुट्ने वडाध्यक्षलाई तुरुन्त कारबाही गर्न माग गरेका छन् । महानगरपालिका अन्तर्गत प्रशासन महाशाखामा कार्यरत कर्मचारी ईश्वरी प्रसाद पोख्ररेलमाथि वडाध्यक्षले हातपात गरेको घटनाप्रति घोर भत्र्सना गर्दै कर्मचारी संगठनहरुले कारबाहीको माग गरेका हुन् ।

हिजो वैशाख २३ गते बिहान करिब ११ बजेर ४५ मिनेटको समयमा पोख्ररेलमाथि पोखरा महानगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष देवकृयष्ण पराजुलीले प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा हातपात गरेको जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

घटनामा संलग्न वडाध्यक्षलाई २४ घण्टाभित्र कानुन बमोजिम कारबाही गर्न कर्मचारी संगठनले माग गरेका छन् । अन्यथा आजै देखि महानगरपालिका कार्यालय र वडा कार्यालयमा समेत कामकाज ठप्प गरी अन्य आन्दोलनका कार्यक्रम अघि बढाउने कर्मचारी संगठनले चेतावनी दिएको छ ।

पराजुलीले हिजै पराजुली मार्गका व्यवसायी लेखनाथ सुवेदी माथि पनि हातपात गरेका थिए ।पराजुलीले व्यवसायी माथि आक्रमण गरेको भन्दै पोखरा ४ को पराजुली मार्गका व्यवसायीहरुले वडा कार्यालय घेराउ गरेका थिए ।

मंगलबार दिउँसो ३ स् १५ बजे सुवेदी कस्मेटिकका सञ्चालक लेखनाथ सुवेदी माथि आक्रमण भएको भन्दै व्यसायीहरु व्यवसाय बन्द गरेर वडा कार्यालयमा पुगेर नारावाजीसहित घेराउ गरेका थिए ।

  • २४ बैशाख २०८२, बुधबार १२:२२ प्रकाशित