सृजना सेकेण्डरी स्कुलमा सदन विभाजन

केन्द्रभाग मिडिया

पोखरा ।

पोखरा महानगरपालिका वडा नं.८ सृजनाचोकमा अवस्थित सृजना सेकेण्डरी स्कुलमा शुक्रवारीय कार्यक्रम अन्तर्गत यही वैशाख १९ गते शुक्रवारका दिन सदन विभाजन कार्यक्रम सम्पन्न भएको छ । शैक्षिक सत्र २०८२ मा आयोजना हुने विभिन्न अतिरिक्त क्रियाकलापहरूमा विद्यार्थीहरुबिच प्रतिस्पर्धा गराउने उद्देश्यका साथ कक्षा १ देखि १० सम्मका विद्याथीहरूलाई क्रमशः पहेंलो, रातो, हरियो र निलो गरी चार सदनमा विभाजन गरिएको थियो।

पहेंलो सदनबाट सदन क्याप्टेनमा कक्षा १० आइन्स्टाइनका अप्सन बरुवाल र भाइस क्याप्टेनमा कक्षा नौ आइन्स्टाइनकी रोमिया भण्डारी चयन भएका छन् भने रातो सदन‌मा कक्षा १० आइन्स्टाइनका दिवस तिवारी क्याप्टेन र नौ न्युटनकी निकिता अधिकारी भाइस क्याप्टेनमा चयन भएका छन् । यसैगरी हरियो सदनको क्याप्टेनमा कक्षा १० न्युटनकी अनिशा गुरुङ र नौ आइन्स्टाइनकी समृद्धि अधिकारी भाइस क्याप्टेनमा चयन भए भने निलो सदनको क्यापटेनमा दस न्युटनका कुशल पन्त र भाइस क्याप्टेनमा कक्षा ९ न्युटनकी विद्या खड्‌का चयन भएका छन् ।

वषैभरि सञ्चालन गरिने विभिन्न अतिरिक्त क्रियाकलापहरू‌मा विद्यार्थीहरूलाई सहजीकरण गरी प्रतिष्पर्धाको भावना विकास गराउनका लागि शिक्षकहरूलाई समेत विभिन्न सदनमा विभाजन गरिएको थियो । जसअन्तर्गत पहेंलो सदनको सदन शिक्षक प्रमुखमा विष्णुप्रसाद सुवेदी, रातो सदनमा सन्तोष पौडेल, हरियो सदनमा आलम गिर खान र निलो, सदनमा विश्व बन्धु काफ्लेलाई चयन गरिएको थियो ।

विद्यार्थीहरुलाई जिम्मेवार कर्तव्यनिष्ठ, लगनशील एवम् प्रतिष्पर्धी बन्दै आआफ्नो सदनलाई अगाडि बढाउन हौसला मिलोस् भन्ने उद्देश्यले सम्पूर्ण सदन प्रमुख तथा सहप्रमुख विद्यार्थीहरुलाई विद्यालयका सल्लाहकार कृष्ण घिमिरेले टीका लगाई सपथ समेत गराएका थिए । यस कार्यक्रमको सञ्चालन विद्यालयको अतिरिक्त क्रियाकलाप प्रमुख विक्रम दुवेले गरेका थिए ।

 

  • २० बैशाख २०८२, शनिबार २०:२७ प्रकाशित