नीति तथा कार्यक्रम सार्वजनिक : सहमतिको आधारमा संविधान संशोधन गर्ने

केन्द्रभाग मिडिया

काठमाडौं ।

सरकारले सहमतिको आधारमा संविधान संशोधन प्रक्रिया अगाडि बढाउने भएको छ ।

प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा सरकारले ल्याएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम बाचन गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो बताएका हुन् ।

उनले २०७२ सालमा जारी भएको संविधान समीक्षा गर्दै कार्यान्वयनको क्रममा देखिएका कमजोरी सच्याउँदै जाने बताए ।नीति तथा कार्यक्रममार्फत सरकारले सहमतिकै आधारमा संविधान संशोधन प्रक्रिया अगाडि बढाउने स्पष्ट पारेको छ ।

‘सरकारले संविधानको समीक्षा गर्दै कार्यान्वयनको क्रममा देखिएका कमी–कमजोरी सच्याउन सहमतिको आधारमा संशोधनको प्रक्रिया आगाडि बढाउनेछ,’ राष्ट्रपतिले भने ।

नेपाली कांग्रेस र नेकपा एमालेबीच वर्तमान सत्तागठबन्धन बनाउने क्रममा गरिएको सातबुँदे सहमतिको एक बुँदामा संविधान संशोधन गर्ने उल्लेख छ । तर, अहिलेसम्म संविधान संशोधनको प्रक्रिया अगाडि बढेको छैन ।

  • १९ बैशाख २०८२, शुक्रबार १५:५४ प्रकाशित