राजतन्त्र फर्काउने अभियानमा भारतको कुनै समर्थन छैन : भाजपा नेता चौथाइवाले

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेपाल भ्रमणमा रहेका भारतीय जनता पार्टी ९भाजपा०को विदेश विभाग प्रमुख डा. विजय चौथाइवालेले नेपालमा राजतन्त्र फर्काउने अभियानमा भारतको कुनै समर्थन नरहेको बताएका छन् ।

नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तसँग शुक्रबार भएको भेटमा डा। चौथाइवालेले भारत नेपालको वर्तमान संविधान र वर्तमान व्यवस्थाको पक्षमा रहेको स्पष्ट पारेका हुन् ।

माओवादी उपमहासचिव पुनको सचिवालयले भन्यो, ‘भारतीय जनता पार्टीका विदेश विभाग प्रमुखसँगको भेट सौहार्दपूर्ण रह्यो । नेपालमा राजावादी मुभमेन्टमा भारतको कुनै समर्थन र सम्बन्ध नरहेको उहाँले बताउनुभयो ।’

भेटमा भारतीय जनता पार्टी र माओवादी केन्द्रको बीचको सम्बन्ध अझ सुदृढ बनाउनुपर्ने चर्चा पनि भएको थियो ।

  • १९ बैशाख २०८२, शुक्रबार १५:२५ प्रकाशित