पोखरा ।
नेकपा माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङले वर्तमान सरकारले काम गर्ने स्वर्णिम अवसर पाउँदा पनि सदुपयोग गर्न नसकेको बताएका छन् । शुक्रबार विहान पोखरामा प्रेस सेन्टर कास्कीले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
परम्परातगत नभई रचनात्मक भूमिका खेल्ने माआवादी केन्द्र प्रतिपक्षी हुनु सरकारका लागि स्वर्णिम अवसर रहेको उनको तर्क थियो । ;
‘हामी परम्परागत ढर्राबाट चल्ने प्रतिस्पर्धी होइनौं । सरकारलाई गुण र दोशको आधारमा समर्थन वा विरोध गर्ने प्रतिपक्षी हौं । सरकारले राम्रो काम गर्दा विरोध गर्दैनौं । यस्तो प्रतिपक्षी हुनु सरकारका लागि सुनौलो अवसर हो’ उनले भने ।
माहासचिव गुरुङले दुई ठूला दल मिलेर सरकार बनेको र सुशासनको काम कायम गर्न सहयोग गर्ने प्रतिक्षी हुँदापनि काम गर्न नसकेको हुनाले सरकारले नैतिकताका आधारमा मार्ग प्रशस्त गर्नुपर्ने धारणा राखे । ‘दुई ठूला दलको बलियो सरकार अनि राम्रा कामलाई समर्थन गर्ने माओवादी जस्तो प्रतिपक्षी हुँदा समेत काम गर्न नसक्ने सरकारले नैतिकताका आधारमा मार्ग प्रशस्त गर्नुपर्ने हो । तर उहाँहरुले नैतिकता देखाइरहनु भएको छैन’ उनले भने ।
सरकार नटिके आफ्नै कारणले नटिक्ने चर्चा गरेका उनले आफूहरुभन्दा सरकारमा सहभागी दलका नेताहरुले नै सरकारको बारेमा चर्को विराध गरिरहेको उल्लेख गरे । आफ्नो दललाई सरकारमा जाने कुनै हतारो नभएको समेत उनले सुनाए ।
सरकाारले ससाना मागलाई दबाउन खोज्दा समस्या आएको उनले सुनाए । शिक्षकहरुले दिन नै किटान गरेर आन्दोलनको घोषणा गरेको भएपनि सरकारले बेवास्ता गर्दा आन्दोलन लम्बिएको र विद्यार्थीको पठनपाठ नै प्रभावित भएको उनले सुनाए ।
शिक्षकका माग सम्बोधन गर्न खोज्दा प्रधानमन्त्रीकै असहयोगकका कारण तत्कालिन शिक्षमन्त्री विद्या भट्टराईले राजिनामा दिन परेको समेत उनले बताए । त्यसैगरी आवशीय चिकित्सक, सहकारी पीडित, मिटरव्याजी र लघुवित्त पीडितका आवाजलाई सरकारले दबाउन खोजेको उनले आरोप लगाएका छन् ।
पोखरा विमानस्थलमा भ्रष्टाचार भएको प्रष्ट संकेत नीतिगत रुपमा संसदीय छानविन उपसमितिले दिएको चर्चा गरेका उनले अब न्यायिक र प्राविधिक रुपमा छानविन गरेर दोषी उपर कारबाही गर्नुपर्ने धारणा राखे ।














