काठमाडौं ।
गत २० चैतमा सुरु शिक्षक आन्दोलन आज २८ औं दिनमा पनि जारी छ । शिक्षा ऐन तथा पुराना सम्झौता कार्यान्वयन गर्न माग राख्दै शिक्षकहरू आन्दोलनमा उत्रिएका हुन् । उनीहरूले माइतीघर मण्डलामा भेला भई नयाँ बानेश्वर पुगेर प्रदर्शन गर्दै आएका छन् ।
आफूहरूको मागका सम्बन्धमा सरकारसँग हालसम्म भएका वार्ता सकारात्मक नबनेको शिक्षकहरूले बताएका छन् । उनीहरूले तत्काल सहमति नभए आन्दोलन थप सशक्त बनाउने चेतावनी दिएका छन् । गएराति सरकारमा सामेल दलका दलका नेताहरुसहित शिक्षामन्त्री र आन्दोलनरत शिक्षक महासंघ बीच भएको वार्ता सकारात्मक भएको बताइएपनि निस्कर्ष भने पुग्न सकेन ।
आज बिहान बसेको नेपाल शिक्षक महासंघको बैठकमा शिक्षक नेताहरू सरकार आफूहरूको माग र मुद्दाप्रति गम्भीर नदेखिएको भन्दै आन्दोलन थप चर्काउनुपर्ने पक्षमा उभिएको बताइएको छ ।














