पोखरा ।
नेपाल सुपर लिगको उपबिजेता पोखरा थण्डर्सलाई पोखरामा स्वागत तथा सम्मान गरिएको छ । नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करणको उप बिजेता पोखरा थण्डर्सलाई पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य र पोखरामा क्रियाशिल खेल संस्थाका साथै खेलकुद पत्रकार मञ्च गण्डकीले सोमबार पोखरा रंगशालामा स्वागत तथा सम्मान गरेको हो ।
सो अवसरमा वोल्दै पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पोखरा थण्डर्सले पोखराको गौरव बढाएको बताए । फ्रेन्चाइज लिगमा पोखराको नामबाट खेल खेलाएकोमा पोखरा थण्डर्स प्रति आभार प्रकट गरे ।
पोखराको टीम बनाएर पोखराको प्रतिनिधित्व गराइ खेलेर बाच्न सकिन्छ भन्ने बनाउनका लागि पछिल्लो समय विभिन्न क्लब र विभागिय टीमहरु लागि परेको उनको भनाइ रहेको थियो । पोखराको प्रतिनिधित्व गरी पोखरा थण्डर्स टीम बनाउन सहयोग गर्ने ब्यापारिक संस्था र ब्याक्तिहरुलाई समेत धन्यवाद ब्यक्त गरे ।
पोखराको टीमको खेल राम्रो भएतापनि टक्निकल कारण पछि परेतापनि अर्को पटक उपाधी उचाल्ने मनसायका साथ तयारी गर्न आग्रह गर्दै त्यसको लागि महानगरको तर्फबाट सक्दो सहयोग रहने प्रतिवद्धता समेत ब्यक्त गरे ।
सो अवसरमा वोल्दै पोखरा थण्डर्सका प्रशिक्षक सुमन श्रेष्ठले पोखरा थण्डर्सलाई सपोर्ट गर्न पोखराका मेयर काठमाडौं पुगेको बताउदै आज मात्र नभइ पोखराको फुटवल बिकासको लागि थण्डर्स लागिपर्ने बताए । पोखराको साथ र सहयोग पाएको खण्डमा अर्को संस्करणको उपाधी हात पार्ने बताउदै ।
आगामी दिनमा पोखरा रंगशालामा फेन्डली म्याच खेल्ने तयारी रहेको बताउदै त्यसको लागि साथ र सहयोग गरिदिन समेत पोखरा महानगरका प्रमुख आचार्य समक्ष आग्रह गरे ।त्यस्तै खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष एमबी आस्था मगरले पोखरा थण्डर्सले पोखराको नामबाट उपाधी जित्ने होडका साथ अगाडी भएको भएतापनि टेक्निकल कारण उप बिजेतामा सिमित बन्नु परेका बताए । आगामी दिनमा सम्पूर्ण पोखरेलीले साथ र सहयोग गरी पोखरा थण्डर्सलाई उपाधी जिताउनतर्फ प्रोत्साहन गर्नुपर्ने उनको भनाइ रहेको थियो ।
सो अवसरमा पोखरामा क्रियाशील खेल संघ संस्थाका प्रतिनिधीहरुको समेत सहभागीता रहेको थियो ।















