अमेरिकी डलरको भाउ स्थिर, अरुको कति ?

केन्द्रभाग मिडिया

पोखरा ।
आज अमेरिकी डलर, युरोसहितका विदेशी मुद्राको भाउ स्थिर छ । तर, अस्ट्रेलियन डलर, पाउन्डसहितका मुद्राको भाउ भने महँगिएको छ । कुबेती र बहराइन दिनारसहितका केही मुद्राको भाउ घटेको छ ।

नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दर अनुसार आज अमेरिकी डलर १ को खरिददर १३६ रुपैयाँ ४३ पैसा र बिक्रीदर १३७ रुपैयाँ ०३ पैसा छ। हिजो र अस्ती पनि अमेरिकी डलरको कारोबार यही मूल्यमा भएको थियो ।

गएको माघ २५ गते अमेरिकी डलर एकको खरिददर एक सय ३९ रुपैयाँ ८३ पैसा र बिक्रीदर एक सय ४० रुपैयाँ ४३ पैसा थियो । नेपाली बजारमा अमेरिकी डलरको यो मूल्य अहिलेसम्मकै सबैभन्दा महँगो हो । त्यसैगरि आज युरो १ को खरिददर १५५ रुपैयाँ ०५ पैसा र बिक्रीदर १५५ रुपैयाँ ७३ पैसा छ। युरो हिजो पनि यही मूल्यमा कारोबार भएको थियो ।

त्यस्तै आज पाउन्ड १ को खरिददर १८१ रुपैयाँ ६६ पैसा र बिक्रीदर १८२ रुपैयाँ ४६ पैसा छ। हिजो पाउन्ड १ को खरिददर १८१ रुपैयाँ ६४ पैसा र बिक्रीदर १८२ रुपैयाँ ४४ पैसा थियो । त्यसैगरि अस्ट्रेलियन डलर १ को खरिददर ८७ रुपैयाँ २६ पैसा र बिक्रीदर ८७ रुपैयाँ ६४ पैसा छ । हिजो अस्ट्रेलियन डलर १ को खरिददर ८७ रुपैयाँ ०७ पैसा र बिक्रीदर ८७ रुपैयाँ ४५ पैसा थियो ।

त्यसैगरि कुबेती दिनार १ को खरिददर ४४४ रुपैयाँ ९० पैसा र बिक्रीदर ४४६ रुपैयाँ ८६ पैसा छ। हिजो कुबेती दिनार १ को खरिददर ४४४ रुपैयाँ ९३ पैसा र बिक्रीदर ४४६ रुपैयाँ ८९ पैसा थियो । आज बहराइन दिनार १ को खरिददर ३६१ रुपैयाँ ८८ पैसा र बिक्रीदर ३६३ रुपैयाँ ४७ पैसा छ । हिजो बहराइन दिनार १ को खरिददर ३६१ रुपैयाँ ९५ पैसा र बिक्रीदर ३६३ रुपैयाँ ५४ पैसा थियो ।

 

  • १५ बैशाख २०८२, सोमबार ०६:३१ प्रकाशित