यस्तो छ आज विदेशी मुद्राको भाउ

केन्द्रभाग मिडिया

पोखरा ।
आज सबैजसो विदेशी मुद्राको भाउ स्थिर छ । हिजो अमेरिकी र अस्ट्रेलियन डलर, कुबेती र बहराइन दिनार, युरो, पाउन्डसहितका धेरैजसो विदेशी मुद्राको भाउ बढेको थियो । आज पनि ती मुद्रा सोही मूल्यमा स्थिर छन् ।

नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको भाउ अनुसार अमेरिकी डलर १ को खरिददर १३६ रुपैयाँ ४३ पैसा र बिक्रीदर १३७ रुपैयाँ ०३ पैसा छ । हिजो पनि अमेरिकी डलरको कारोबार यही मूल्यमा भएको थियो ।

आज युरो १ को खरिददर १५५ रुपैयाँ ०५ पैसा र बिक्रीदर १५५ रुपैयाँ ७३ पैसा छ । त्यस्तै आज पाउन्ड १ को खरिददर १८१ रुपैयाँ ६४ पैसा र बिक्रीदर १८२ रुपैयाँ ४४ पैसा छ । त्यसैगरि अस्ट्रेलियन डलर १ को खरिददर ८७ रुपैयाँ ०७ पैसा र बिक्रीदर ८७ रुपैयाँ ४५ पैसा छ ।

त्यसैगरि कुबेती दिनार १ को खरिददर ४४४ रुपैयाँ ९३ पैसा र बिक्रीदर ४४६ रुपैयाँ ८९ पैसा छ । आज बहराइन दिनार १ को खरिददर ३६१ रुपैयाँ ९५ पैसा र बिक्रीदर ३६३ रुपैयाँ ५४ पैसा छ ।

  • १४ बैशाख २०८२, आईतवार ०६:३६ प्रकाशित