पछिल्लो ९ महिनामा मात्रै समस्याहरू आएका होइनन् : एमाले

केन्द्रभाग मिडिया

काठमाडौं ।

सत्तारुढ दल नेकपा एमालेले देशमा देखिएका समस्याहरू पछिल्लो सरकारको कारण मात्रै नभएको जिकिर गरेको छ । पार्टीको तर्फबाट शुक्रबार प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै सांसद गोकर्ण विष्टले समस्याहरू समाधान गर्नेगरी सरकार अघि बढेको बताए ।

देशमा यी उल्लेखित समस्या र चुनौतीभन्दा बाहेक बहुआयामिक खालका समस्या पैदा भइरहेको र उक्त समस्याहरु विश्व अर्थव्यवस्थाका कारण र केही समस्या आन्तरिक कारण भएको बताउदै बिष्टले उक्त समस्याहरुा केवल ९ महिनाको सरकारको अवधिमा पैदा नभएको बताए । यी समस्याहरू लामो समयदेखि थुप्रिएका समस्याहरू सामना गर्नेगरी सरकार अघि बढेको उनको भनाइ रहेको थियो ।

तर, चुनौतीका पहाडलाई केवल ९ महिनाको अभ्यास र कार्यान्वयनले परिणाममा पु¥याउन नसक्ने वताउदै विष्टले चुनौतीका पहाडलाई केवल ९ महिनाको अभ्यास र कार्यान्वयनले परिणाममा पु¥याउने वा सफलता प्राप्त गर्ने कुरा नहुने र उक्त कुरा संसद् र आम दाजुभाई दिदीबहिनीले गम्भीर रुपमा सोच्नुपर्ने अवस्था रहेको बताए ।

  • १२ बैशाख २०८२, शुक्रबार १४:४५ प्रकाशित