शिक्षामन्त्री पन्तद्वारा पद तथा गोपनीयताको शपथ

केन्द्रभाग मिडिया

काठमाडौं ।
नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन । बिहीबार दिउँसो राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन । बुधबार नेकपा (एमाले) नेता पन्तलाई प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति पौडेलले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री नियुक्त गरेको हो ।

शपथ ग्रहण समारोहमा राष्ट्रपति पौडेल, उपराष्ट्रपति रामसाहाय प्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहाललगायत संवैधानिक अंगका प्रमुख, मन्त्रिपरिषद् सदस्य, कूटनीतिक निकायका प्रतिनिधि र उच्च पदस्थ कर्मचारीको उपस्थिति थियो ।

निवर्तमान शिक्षामन्त्री विद्या भट्टराईले वैशाख ८ गते प्रधानमन्त्रीसमक्ष राजीनामा दिएपछि पन्तलाई मन्त्रीको जिम्मेवारी दिइएको हो ।

  • ११ बैशाख २०८२, बिहीबार १७:०६ प्रकाशित