माओवादी महाधिवेशनः नेतृत्व छान्न चुनावी प्रक्रिया सुरु

केन्द्रभाग मिडिया

काठमाण्डौ ।
सहमती नजुटे पछि नेकपा माओवादी केन्द्रको आठौँ महाधिवेशनमा चुनाव हुने भएको छ । आजैबाट नयाँ नेतृत्वका लागि चुनावी प्रक्रिया सुरु भएको छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको राजनीतिक प्रतिवेदन र नेता देव गुरुङको विधान मस्यौदा बन्दसत्रले पारित गरेपछि अहिले चुनावी प्रक्रिया सुरु भएको हो ।

माओवादीको निर्वाचन समितिले बन्द सत्र स्थल प्रज्ञा भवन कमदालीमा एक हजार सात सय ४२ जना मतदाताको नामवली टाँसेको छ । बेलुका पाँच बजेसम्म सहमतिकै आधारमा केन्द्रीय सदस्यको नाम टुंग्याउने र त्यसो हुन नसकेमा चुनाव गर्ने माओवादीले जनाएको छ ।

माओवादीमा १५ सदस्यीय पदाधिकारी र दुई सय ९९ सदस्यीय केन्द्रीय कमिटी हुने प्रावधानसहितको विधान मस्यौदा पारित भइसकेको छ ।
पदाधिकारी भने केन्द्रीय कमिटीले चुन्ने सहमती भइसकेको छ ।

  • १७ पुष २०७८, शनिबार १७:३८ प्रकाशित