प्रधानमन्त्रीले शुक्रबार प्रतिनिधिसभामा सम्बोधन गर्ने

केन्द्रभाग मिडिया

कठमाडौं ।

संसद अधिवेशनको पहिलो दिन प्रतिनिधिसभामा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यसूची तय भएको छ । सभामुख देवराज घिमिरेले बोलाएको कार्य व्यवस्था परामर्श समिति बैठकमा पहिलो बैठकको कार्यसूचीबारे छलफल भएको थियो ।

पहिलो दिनको बैठकलाई सबैभन्दा पहिले प्रधानमन्त्रीले सम्बोधन गर्ने समझदारी भएको सत्तापक्ष नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले जानकारी दिए । प्रधानमन्त्रीले सडकमा उठेका मागदेखि लिएर प्रतिपक्षका सरोकारहरूलाई समेत सम्बोधन गर्ने तयारी छ ।

  • ११ बैशाख २०८२, बिहीबार १४:२५ प्रकाशित