गरिमा विकास बैंकको खुद नाफा ७.३२ प्रतिशत बढ्यो

केन्द्रभाग मिडिया

काठमाडौं ।
गरिमा विकास बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०८१–०८२ को तेस्रो त्रैमासको अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार बैंकको खुद नाफा ७.३२ प्रतिशतले बढेर ७३ करोड ३४ लाख रुपैयाँ पुगेको छ ।

बैंकको खुद ब्याज आम्दानी ६.०४ प्रतिशतले बढेर २ अर्ब ६६ करोड ९७ लाख ८० हजार रुपैयाँ पुगेको छ । समीक्षा अवधिमा बैंकको सञ्चालन नाफा ७.५२ प्रतिशतले बढेर ३ अर्ब १ अर्ब ४ करोड रुपैयाँ पुगेको छ ।

तेस्रो त्रैमाससम्ममा आइपुग्दा बैंकको चुक्ता पुँजी ५ अर्ब ६८ करोड रुपैयाँ छ भने जगेडा कोषमा २ अर्ब ६८ करोड रुपैयाँ रहेको छ ।

चैत मसान्तसम्ममा बैंकको प्रतिसेयर आम्दानी १ रुपैयाँ १८ पैसाले बढेर १७ रुपैयाँ २२ पैसा, प्रतिसेयर नेटवर्थ १५३ रुपैयाँ ४७ पैसा र प्रतिशेयर नेटवर्थ १५३ रुपैयाँ ४७ पैसा पुगेको छ । खराब कर्जा भने गत वर्षको चैत मसान्तसम्मको तुलनामा १.८१ प्रतिशतले बढेर ४.७८ प्रतिशतमा पुगेको छ ।

 

 

 

  • ८ बैशाख २०८२, सोमबार १२:४६ प्रकाशित