दर्ता नभए फेसबुकसहितका सामाजिक सञ्जाललाई प्रतिबन्ध : सञ्चारमन्त्री गुरूङ

केन्द्रभाग मिडिया

 

काठमाडौं ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सरकारले तोकेको समयभित्र दर्ता नभए सामाजिक सञ्जाल फेसबुकसहितलाई नेपालमा प्रतिबन्ध लगाइने बताएका छन् ।

शुक्रबार काठमाडौंमा सञ्चारिका समूह नेपालको नवौँ महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन क्रममा मन्त्री गुरुङले यस्तो बताएका हुन् ।

नेपालमा सञ्चालन हुने सबै सामाजिक सञ्जाल प्लाटफर्महरूले यहाँको नियम मान्नुपर्ने बताउँदै सरकारले तोकेको म्यादभित्र दर्ता नभए प्रतिबन्ध लगाउने उल्लेख गरेका छन् ।

सामाजिक सञ्जाल दर्ताका लागि सरकारले थप गरेको एक महिनाको म्याद सकिन अब केही दिन बाँकी छ । यस्तोमा मन्त्री गुरूङले फेसबुकसहितका सामाजिक सञ्जाल दर्ता हुन नआएको पनि बताएका छन् ।

  • ५ बैशाख २०८२, शुक्रबार १७:५९ प्रकाशित