स्याङ्जामा साततोला भन्दा बढी सुनसहित समातिए चालक

केन्द्रभाग मिडिया

पोखरा ।

प्रहरीले गल्याङ नगरपालिका एक रामदीबाट साततोलाभन्दा बढी सुनसहित एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा वालिङ नगरपालिका ६ बस्ने ३६ वर्षीय प्रदिप अर्याल रहेका जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जानकारी दिएको छ ।

जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता प्रहरी नायव उपरीक्षक हरिप्रसाद पौडेलका अनुसार अस्थायी प्रहरी पोस्ट रामदीबाट खटिएको प्रहरीले उनलाई बुधबार साँझ सुनसहित नियन्त्रणमा लिएको हो ।

बुटवलबाट पोखरातर्फ आउँदै गरेको ग १ ज ८८०९ नम्बरको यी अभियानलाई जाँच गर्ने क्रममा चालक अर्यालले लुकाई छिपाई ल्याएको बिल नभएको उक्त सुन फेला परेको थियो ।

बरामद गरिएको सुन र पक्राउ परेका आर्याललाई बिहीबार आन्तरिक राजश्व कार्यालय बुटवलमा पठाइएको डीएसपी पौडेलले जानकारी दिए ।

  • ४ बैशाख २०८२, बिहीबार १५:५५ प्रकाशित