पोखरा ।
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भाउ घटाएको छ ।
आज (मंगलबार) राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको भाउ घटेको हो। निगमनका अनुसार पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर तीन रुपैयाँले घटेको छ ।
मूल्य घटेसंगै पोखरा, काठमाडौं र दिपाएलमा डिजेल र मट्टितेलको भाउ प्रतिलिटर १४६ रुपैयाँ कायम भएको छ । त्यसैगरी पेट्रोलको भाउ प्रतिलिटर १६० रुपैयाँ कायम भएको छ ।
















