आन्दोलनरत शिक्षकको जायज माग सरकारले पूरा गर्नुपर्छ : देउवा

केन्द्रभाग मिडिया

काठमाडौं ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आन्दोलनरत शिक्षकको जायज माग पुरा गर्न सरकारको ध्यान जानुपर्ने बताएका छन् ।

नेपाल मुस्लिम संघले आइतबार कांग्रेस पार्टी कार्यालय सानेपामा आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा सभापति देउवाले वार्ता र संवादबाट आन्दोलनरत शिक्षकको जायज माग पुरा गर्न सरकारको ध्यान जानुपर्ने बताएका हुन । उनले शिक्षकहरूको माग सम्बोधन गर्न कुनै समस्या देखिए छलफलबाटै निकास निकाल्नुपर्ने भन्दै यसका लागि शिक्षकहरू पनि तयार हुनुपर्ने जिकिर गरे ।

त्यस्तै सभापति देउवाले कुनै पनि पार्टीको बहुमत आउन गाह्रो भएपनि सबैलाई मिलाउन सक्ने संविधान मुलुकमा रहेको धारणा राखे । अहिलेको संविधानले समावेशी समानुपातिक प्रतिनिधित्व गराउन निकै ठूलो भूमिका खेलेको उनले बताए ।

  • ३१ चैत्र २०८१, आईतवार १५:४५ प्रकाशित