चितवन ।
नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नयाँ वर्ष प्रवेशसँगै नयाँ सरकार गठनको आधारहरू बनेको दाबी गरेका छन् । आज गृहजिल्ला चितवन आइपुगेका प्रचण्डले पत्रकारहरूसँगको कुराकानीमा उनले अब काँग्रेस नेतृत्वको सरकार बन्न सक्ने संकेत गरे ।
नयाँ वर्षमा नयाँ सरकारको सम्भावना छ भन्ने सञ्चारकर्मीको प्रश्नमा प्रचण्डले सरकारतिर आफ्नो पार्टीको ध्यान नरहे पनि परिस्थितिले त्यतातिर डो¥याएको टिप्पणी गरे । प्रचण्डले माओवादीको ध्यान सरकार तिर नभएको भएतापनि अहिलेको सरकार धेरै अगाडि जान सहज नभएको प्रचण्डको भनाइ रहेको थियो ।
आफूले पहिलेदेखि नै ठूलो दलको हैसियतले सरकारको नेतृत्व नेपाली कांग्रेसले गर्नुपर्ने बताउँदै आएको उनले उल्लेख गरे । अहिलेको सरकार प्रति चौतर्फी असन्तुष्टि, आक्रोश, आवेग, आन्दोलन चलिराखेको भएतापनि सरकार संवेदनशील नबनेको बताउदै प्रचण्डले डाक्टर, नर्स, शिक्षक, लघुवित्त पीडित मात्र नभएर सबै राजनीतिक दलहरू पनि झण्डै झण्डै सडकमै आउन थालेको बताउदै सरकारमा भएका दल पनि सडकमा आउन थालेको बताए ।
नयाँ वर्षले केही न केही निकास लिएर आउने उनको भनाइ रहेको थियो । सबैभन्दा ठूलो दलको नेतृत्वमा सरकार बन्ने नै सही कुरा हुने उनले दोहो¥याए ।













