वीरगञ्जको राति १२ बजेसम्मका लागि कर्फ्यु लम्बियो

केन्द्रभाग मिडिया

वीरगञ्ज ।
पर्साको वीरगञ्जमा स्थानीय प्रशासनले शनिबार साँझदेखि लगाएको कर्फ्यु आज राति १२ बजेसम्म जारी रहने भएको छ । जिल्ला प्रशासन कार्यालयमा पार्साामा भएको सर्वपक्षीय बैठकले परिस्थितिको मूल्यांकन गर्दै जारी कर्फ्यु मध्यरातसम्म कायम राख्न्ने निर्णय भएको हो ।

बैठकमा विभिन्न राजनीतिक दलका प्रतिनिधि, नागरिक समाज, जनप्रतिनिधि र सुरक्षा निकायका प्रतिनिधिको सहभागिता रहेको बैठकले कर्फ्यु नहटाउने निर्णय गरेको प्रशासकीय अधिकृत दीपक पटेलले बताए ।

बैठकले शनिबार साँझ वीरगञ्जमा भएको घटनाको समीक्षा गर्दै धार्मिक सदभाव भड्किन नदिन जनसमुदायलाई अपिल गर्ने निर्णय समेत गरेको छ ।

वीरगञ्जमा आइतबार बिहानदेखि सुरक्षाकर्मीको बाक्लो उपस्थिति रहेकोले निषेधित क्षेत्रमा कुनै प्रकारको विरोध सभा, हुलहुज्जत र भेला नभएकोले सामाजिक सञ्जालमा आएका केही भिडियोको भ्रामक प्रचारमा नलाग्न सम्बन्धित पक्षलाई स्थानीय प्रशासनले सचेत गराएको छ ।

  • ३१ चैत्र २०८१, आईतवार १२:१० प्रकाशित