यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

केन्द्रभाग मिडिया

पोखरा ।
आज अमेरिकी डलरर बहराइन दिनारको मूल्य उल्लेख्यरुपमा घटेको छ । तर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड र कुबेती दिनारसहितका धेरैजसो विदेशी मुद्राको विनियमदर बढेको छ । यी मुद्राको विनियमदर हिजो पनि बढेको थियो ।

आज युरोपियन युरोको मूल्य पनि उल्लेख्य मात्रामा बढेको छ । नेपाल राष्ट्र बैंकले आजका लागि जारी गरेको विदेशी मुद्राको विनिमय दर अनुसार आज अमेरिकी डलर १ को खरिददर १३७ रुपैयाँ ३७ पैसा र बिक्रीदर १३७ रुपैयाँ ९७ पैसा छ । विगत दुई दिनदेखि स्थिर रहेको अमेरिकी डलरको मूल्य आज घटेको हो । हिजो अमेरिकी डलर १ को खरिददर १३८ रुपैयाँ ४१ पैसा र बिक्रीदर १३९ रुपैयाँ ०१ पैसा थियो ।

गएको माघ २५ गते अमेरिकी डलर एकको खरिददर एक सय ३९ रुपैयाँ ८३ पैसा र बिक्रीदर एक सय ४० रुपैयाँ ४३ पैसा थियो। नेपाली बजारमा अमेरिकी डलरको यो मूल्य अहिलेसम्मकै सबैभन्दा महँगो हो । त्यसैगरि आज युरो १ को खरिददर १५६ रुपैयाँ ०२ पैसा र बिक्रीदर १५६ रुपैयाँ ७१ पैसा छ। हिजो युरो १ को खरिददर १५३ रुपैयाँ २९ पैसा र बिक्रीदर १५३ रुपैयाँ ९५ पैसा थियो।

त्यस्तै आज पाउन्ड १ को खरिददर १७९ रुपैयाँ ७८ पैसा र बिक्रीदर १८० रुपैयाँ ५७ पैसा छ। हिजो पाउन्ड १ को खरिददर १७८ रुपैयाँ ८९ पैसा र बिक्रीदर १७९ रुपैयाँ ६७ पैसा थियो ।

त्यसैगरि अस्ट्रेलियन डलर १ को खरिददर ८५ रुपैयाँ ७१ र बिक्रीदर ८६ रुपैयाँ ०९ पैसा छ। हिजो अस्ट्रेलियन डलर १ को खरिददर ८५ रुपैयाँ ५२ र बिक्रीदर ८५ रुपैयाँ ८९ पैसा थियो ।

त्यसैगरि कुबेती दिनार १ को खरिददर ४४८ रुपैयाँ ६४ पैसा र बिक्रीदर ४५० रुपैयाँ ६० पैसा छ। हिजो कुबेती दिनार १ को खरिददर ४५० रुपैयाँ ३० पैसा र बिक्रीदर ४५२ रुपैयाँ २६ पैसा थियो ।

आज बहराइन दिनार १ को खरिददर ३६४ रुपैयाँ ४२ पैसा र बिक्रीदर ३६६ रुपैयाँ ०१ पैसा छ। हिजो बहराइन दिनार १ को खरिददर ३६७ रुपैयाँ १६ पैसा र बिक्रीदर ३६८ रुपैयाँ ७६ पैसा रहेको छ । यो विनिमयदर आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने राष्ट्र बैंकले जनाएको छ ।

  • ३० चैत्र २०८१, शनिबार ०८:४४ प्रकाशित