काठमाडौं ।
दुर्गा प्रसाईंलाई झापाबाट साढे ११ बजेको फ्लाइटमा काठमाडौं ल्याइने भएको छ । प्रहरी स्रोतका अनुसार प्रसाईंलाई साढे ११ बजे बुद्ध एअरको फ्लाइटमार्फत चन्द्रगढी विमानस्थलबाट उनलाई काठमाडौं ल्याउन लागिएको हो ।
प्रसाईंलाई पक्राउ गर्न नेपाल प्रहरीको विशेष ब्यूरो, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोली भारत पुगेको थियो । भारतको आसाम राज्यमा फेला बिहीबार परेका थिए । यता प्रसाईंको सचिवालयले भने आसाम प्रहरीमा उनी आफैंले आत्मसमर्पण गरेको दाबी गरेको थियो ।
१५ चैतमा तीनकुनेमा भएको राजावादी आन्दोलनका उनी मुख्य कमाण्डर हुन् । उनकै नेतृत्वमा भएको हिंसात्मक प्रदर्शनमा दुई जनाको ज्यान गएको थियो । यता प्रसाईं भने फरार हुँदै भारत पुगेका थिए ।













