पोखरा ।
आज अमेरिकी डलरको मूल्य यथावत रहँदा अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुबेती र बहराइन दिनारसहित धेरैजसो विदेशी मुद्राको विनियमदर बढेको छ । हिजो घटेको अस्ट्रेलियन डलरको विनियमदर पनि आज बढेको छ ।
नेपाल राष्ट्र बैंकले आजका लागि निर्धांरण गरेको विदेशी मुद्राको विनिमय दर अनुसार आज अमेरिकी डलर १ को खरिददर १३८ रुपैयाँ ४१ पैसा र बिक्रीदर १३९ रुपैयाँ ०१ पैसा छ । हिजो पनि अमेरिकी डलरको विनियमदर यही थियो ।
त्यसैगरि आज युरो १ को खरिददर १५३ रुपैयाँ २९ पैसा र बिक्रीदर १५३ रुपैयाँ ९५ पैसा छ । हिजो युरो १ को खरिददर १५२ रुपैयाँ ८९ पैसा र बिक्रीदर १५३ रुपैयाँ ५६ पैसा थियो ।
त्यस्तै आज पाउन्ड १ को खरिददर १७८ रुपैयाँ ८९ पैसा र बिक्रीदर १७९ रुपैयाँ ६७ पैसा छ । हिजो पाउन्ड १ को खरिददर १७७ रुपैयाँ ३८ पैसा र बिक्रीदर १७८ रुपैयाँ १६ पैसा थियो । त्यसैगरि अस्ट्रेलियन डलर १ को खरिददर ८५ रुपैयाँ ५२ र बिक्रीदर ८५ रुपैयाँ ८९ पैसा छ। हिजो अस्ट्रेलियन डलर १ को खरिददर ८३ रुपैयाँ ०९ र बिक्रीदर ८३ रुपैयाँ ४५ पैसा थियो ।
त्यसैगरि कुबेती दिनार १ को खरिददर ४५० रुपैयाँ ३० पैसा र बिक्रीदर ४५२ रुपैयाँ २६ पैसा छ । हिजो कुबेती दिनार १ को खरिददर ४५० रुपैयाँ १९ पैसा र बिक्रीदर ४५२ रुपैयाँ १४ पैसा थियो । आज बहराइन दिनार १ को खरिददर ३६७ रुपैयाँ १६ पैसा र बिक्रीदर ३६८ रुपैयाँ ७६ पैसा छ । हिजो बहराइन दिनार १ को खरिददर ३६७ रुपैयाँ १२ पैसा र बिक्रीदर ३६८ रुपैयाँ ७१ पैसा थियो ।
यो विनिमयदर आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने राष्ट्र बैंकले जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने राष्ट्र बैंकले जनाएको छ ।















