पोखरा ।
अछामको बान्निगढी जयगढ गाउँपालिकास्थित जयगढ बजारमा गएराति भएको आगलागीमा २७ घर जलेर नष्ट भएका छन् । आगलागीबाट सात करोड भन्दा बढीको धनमाल क्षति भएको अनुमान गरिएको अछामका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक जय पार्कीले जानकारी दिए ।
उनका अनुसार मंगलबार साँझ पुष्पराज शर्माले जस्ताले बनेको टहरामा सञ्चालन गरेको आईएमई केन्द्रमा खाना पकाउने एलपी ग्यास पड्केर आगलागी सुरु भएको हो । नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय मिलेर बिहान १ बजे बिहान मात्र आगलागी नियन्त्रणमा लिन सकिएको थियो ।
जलेका २७ घरमध्ये ११ वटामा स्थानीय व्यापारीले पसल सञ्चालन गरेका थिए । आगलागीबाट भएको क्षतिको विवरण सङ्कलन भइरहेको भण्डारीले जानकारी दिए ।













