तुवाँलोका कारण तीन दिनदेखि पोखरा विमानस्थल बन्द

केन्द्रभाग मिडिया

पोखरा ।

तुवाँलोले आकाश ढाक्दा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल तीन दिनदेखि बन्द रहेको छ । आइतबार दिउँसोदेखि तुवाँलोकै कारण नियमित उडान हुननसकेको विमानस्थलकी प्रवक्ता जशोदा रेग्मी सुवेदीले जानकारी दिइन् ।

उनका अनुसार पोखराबाट चीनको छेन्दुमा सिचुवान एयरलाइन्सले कमिर्सियल चार्टर्ड उडान पनि रद्द गरेको छ । मंगलबार छेन्दुबाट उक्त एयरलाइन्सको न्यारोबडी जहाज १ बजे पोखरामा अवतरण गर्नेे र तीन बजे पोखराबाट उडान भर्ने तालिका थियो ।

अस्ति ३ बजेदेखि उडान हुन सकेको छैन, हिजो एउटा पनि उडान भएन,’ उनले भनिन्, ‘भिजिबिलिटी नपुगेकै कारण पोखराबाट हुने सबै उडान रद्द भएका हुन् । सिचुवान एयरको जहाजको उडान पनि तुहाँलोकै कारण रद्द भएको छ ।’

सिचुवान एयरलाइन्सले चैत ५ गतेदेखि चीनको छेन्दुबाट सातामा एउटा उडान पोख अन्तराष्ट्रिय विमानस्थलमा गर्न थालेको थियो। पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट विमान उडान र अवतरण गर्न इन्स्ट्रुमेन्ट फ्लाइट रुल्स (आइएफआर) प्रणाली जडान गरिएको छ ।

उक्त प्रणालीअन्तर्गत् उडान गर्न विमानस्थलबाट कम्तिमा ३ हजार ७०० मिटर टाढासम्म आखाले देखिने हुनुपर्ने सुवेदीले बताइन् । उनका अनुसार भने ५ हजार मिटर टाढासम्म आखाले देख्न सक्नुपर्छ ।

  • २६ चैत्र २०८१, मंगलवार १०:०० प्रकाशित