अमेरिकी डलरको भाउ स्थिर, अस्ट्रेलियन डलर, युरो र पाउन्डको भाउ घट्यो

केन्द्रभाग मिडिया

पोखरा ।
आज अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुबेती दिनारसहित धेरैजसो विदेशी मुद्राको भाउ घटेको छ । अमेरिकी डलर, बहराइन दिनारसहितका मुद्राको विनियमदर भने स्थिर छ ।

नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दर अनुसार अमेरिकी डलर १ को खरिददर १३६ रुपैयाँ ४६ पैसा र बिक्रीदर १३७ रुपैयाँ ०६ पैसा छ । बिगत चार दिनदेखि अमेरिकी डलरको विनियमदर यही छ ।

आज युरो १ को खरिददर १४७ रुपैयाँ २१ पैसा र बिक्रीदर १४७ रुपैयाँ ७५ पैसा छ । हिजो युरो १ को खरिददर १४७ रुपैयाँ ६३ पैसा र बिक्रीदर १४८ रुपैयाँ २८ पैसा थियो । त्यस्तै आज पाउन्ड १ को खरिददर १७६ रुपैयाँ १० पैसा र बिक्रीदर १७६ रुपैयाँ ८८ पैसा छ। हिजो पाउन्ड १ को खरिददर १७६ रुपैयाँ ६३ पैसा र बिक्रीदर १७७ रुपैयाँ ४० पैसा थियो ।

त्यसैगरि अस्ट्रेलियन डलर १ को खरिददर ८५ रुपैयाँ ३४ र बिक्रीदर ८५ रुपैयाँ ६१ पैसा छ। हिजो कुबेती दिनार १ को खरिददर ४४२ रुपैयाँ ६९ पैसा र बिक्रीदर ४४४ रुपैयाँ ६८ पैसा थियो । त्यसैगरि कुबेती दिनार १ को खरिददर ४४२ रुपैयाँ ५६ पैसा र बिक्रीदर ४४४ रुपैयाँ ५१ पैसा छ । हिजो कुबेती दिनार १ को खरिददर ४४२ रुपैयाँ ६९ पैसा र बिक्रीदर ४४४ रुपैयाँ ६८ पैसा थियो ।

आज बहराइन दिनार १ को खरिददर ३६१ रुपैयाँ ९९ पैसा र बिक्रीदर ३६३ रुपैयाँ ५८ पैसा छ। हिजो पनि बहराइन दिनारको खरिददर यही थियो थियो ।

  • २० चैत्र २०८१, बुधबार ०५:३६ प्रकाशित