कोठाभित्र आगो ताप्दा निसास्सिएर तीन महिने नाबालकसहित ४ जनाको मृत्यु

केन्द्रभाग मिडिया

dead

सुर्खेत ।

सुर्खेतमा न्यायानो हुनका लागि कोठाभित्र आगो ताप्दा निसास्सिएर ४ जनाको ज्यान गएको छ ।

तीन महिनाको छोरालाई न्यानो पार्न कोठामा बालिएको आगोका कारण निसास्सिएर बाँकेको भेरी अस्पतालका कार्यालय सहयोगी धर्मराज भट्टराईसहित उनको परिवारका चार जनाको मृत्यु भएको हो । अन्य तीनजनाको गम्भीर घाइते अवस्थामा अस्पतालमा उपचार भइरहेको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेको अनुसार मृत्यु हुनेमा धर्मप्रसाद भट्टराई, उनका तीन महिनाका छोरा इक्सन, बहिनी कोली भट्टराई र सासु कोकिलाको मृत्यु भएको हो ।

धर्मकी पत्नी सुशीला भट्टराई तथा छोराहरु दिवस र नरेन्द्र भट्टराईको अहिले भेरी अस्पतालमै उपचार भइरहेको छ ।

  • १५ पुष २०७८, बिहीबार १०:११ प्रकाशित