अमेरिकी डलरसहित अधिकांश विदेशी मुद्राको मूल्य आज स्थिर

केन्द्रभाग मिडिया

पोखरा ।

आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुबेती र बहराइन दिनारसहित सबैजसो विदेशी मुद्राको विनियमदर स्थिर छ । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धाराण गरेको विदेशी मुद्राको विनिमिय दर अनुसार हिजो यी मुद्रा जुन मूल्यमा किनबेच भएका थिए, आज पनि सोही मूल्य निर्धारण भएको हो । विगत केही दिनदेखि सबै विदेशी मुद्राको विनियमदर घटिरहेको छ ।

आज अमेरिकी डलर १ को खरिददर १३७ रुपैयाँ २६ पैसा र बिक्रीदर १३७ रुपैयाँ ८६ पैसा छ । हिजो पनि अमेरिकी डलरको कारोबार यही मूल्यमा भएको थियो ।  त्यसैगरि आज युरोपियन युरो १ को खरिददर १४८ रुपैयाँ ८० पैसा र बिक्रीदर १४९ रुपैयाँ ४५ पैसा छ । त्यस्तै आज पाउन्ड स्टर्लिङ १ को खरिददर १७७ रुपैयाँ ६७ पैसा र बिक्रीदर १७८ रुपैयाँ ४५ पैसा छ ।

त्यसैगरि अस्ट्रेलियन डलर १ को खरिददर ८६ रुपैयाँ ३६ र बिक्रीदर ८६ रुपैयाँ ७३ पैसा छ । त्यसैगरि कुवेती दिनार १ को खरिददर ४४५ रुपैयाँ ४५ पैसा र बिक्रीदर ४४७ रुपैयाँ ३९ पैसा छ ।

आज बहराइन दिनार १ को खरिददर ३६४ रुपैयाँ १२ पैसा र बिक्रीदर ३६५ रुपैयाँ ७१ पैसा छ । यो विनिमयदर आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने राष्ट्र बैंकले जनाएको छ। हिजो बहराइन दिनार १ को खरिददर ३६५ रुपैयाँ ८१ पैसा र बिक्रीदर ३६७ रुपैयाँ ४०पैसा थियो ।

  • १० चैत्र २०८१, आईतवार ०६:२९ प्रकाशित