चालु आर्थिक वर्षको आठ महिनामा ६२ अर्बको सवारी साधन आयात

केन्द्रभाग मिडिया

काठमाडौँ ।

चालु आर्थिक वर्षको ८ महिनामा ६२ अर्ब २७ रुपैयाँ बराबरको सवारी साधन आयात भएका छन् । भन्सार विभागको तथ्याङ्कअनुसार यो अवधिमा सबै प्रकारका गाडी समेत गरी सो बराबरको आयात भएको हो । उक्त सवारी साधन आयातबाट मात्रै सरकारले ४८ अर्ब रुपैयाँ भन्सार राजश्व सङ्कलन गरेको छ ।

यसमध्ये २ अर्ब ११ करोड रुपैयाँ बराबरको ट्याक्टर, ६ अर्ब ९ करोड रुपैयाँ बराबरको बस मिनिबस, कार जिप भ्यान, ५ अर्ब ९४ करोड, अन्य सवारी साधन १६ अर्ब ६४ करोड रुपैयाँ बराबरको इलेक्ट्रिक सवारी साधन, ३ अर्ब ७४ करोड रुपैयाँ बराबरको ट्रक तथा अन्य निर्माण सम्बद्ध सवारी साधन, ७ अर्ब ४८ करोड रुपैयाँ बराबरको पार्टपुर्जा, १६ अर्ब ११ करोड रुपैयाँ बराबरका मोटरसाइकल, १ अर्ब २२ करोडको साइकल तथा २ अर्ब ९० करोड बराबरको अन्य गुडाउने खालका वस्तुको आयात भएका छन् ।

यो अवधिमा सरकारले ट्याक्टर आयातबाट २६ करोड ६७ लाख रुपैयाँ, बस मिनिबस, कार जिप भ्यान लगायतमा २ अर्ब २३ करोड, अन्य सवारी साधन ११ अर्ब ३६ करोड, इलेक्ट्रिक सवारी साधनमा १० अर्ब २२ करोड, ट्रक तथा अन्य निर्माण सम्बद्ध सवारी साधनमा ३ अर्ब ७६ करोड, पार्टपुर्जा आयातमा २ अर्ब ९५ करोड, मोटरसाइकलमा १६ अर्ब १ करोड, साइकलमा २४ करोड ३० लाख र अन्य गुडाउने खालका वस्तुबाट ९८ करोड ३० लाख रुपैयाँ आयात भएका छन् ।

  • ७ चैत्र २०८१, बिहीबार १६:५९ प्रकाशित