अब ‘लोडसेडिङ हुन्छ’ भन्ने ऊर्जामन्त्रीको अभिव्यक्तिप्रति एमाले सांसदले जनाए असन्तुष्टि

केन्द्रभाग मिडिया

काठमाडौँ ।

नेकपा एमालेका सांसद ठाकुर गेरैले ऊर्जा,जलस्रोत तथा सिञ्चाइमन्त्री दिपक खड्काको अभिव्यक्तिमा असन्तुष्टि जनाएका छन् ।

‘मैले दुई पटक सुनेँ– हाम्रो उर्जामन्त्रीले नेपालमा लोडसेडिङ नहुने कुराको जस भारतलाई दिनुपर्छ । हिजो पनि त्यही सुँने,’ सांसद गैरेले बिहीबार प्रतिनिधि सभाको बैठकमा भने ।

बुधबार राष्ट्रिय सभाको बैठकमा बोल्दै ऊर्जामन्त्री खड्काले नेपालमा लोडसेडिङ हुने अवस्था रहेको बताएका थिए । नेपालमा विगतका लोडसेडिङ अन्त्य हुने विषयको जस पनि नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशन कुलमान घिसिङलाई नभएर छिमेकी मुलुक भारतलाई दिनुपर्ने बताएका थिए ।

ऊर्जामन्त्रीको यस्तो अभिव्यक्तिप्रति सांसद गैरेले प्रतिनिधि सभामा असन्तुष्टि जनाएका हुन् । भारतले विद्युत दिएका कारण नेपालमा लोडसेडिङ हटेको तर्कप्रति गैरेको जवाफ छ, ‘नेपालको बिजुली भारतले किन्छ । भारतको विजुली नेपालले किन्छ यो ब्यापारको विषय हो ।

नेपालीहरूले मेहनत गरेर लामो समयपछि नेपालका निजी उद्यमीहरूले, नेपाल सरकारले लगानी गरेर विद्युत उत्पादन गरेको उल्लेख गर्दै उनले उत्पादित विद्युतको खपत बढाउनुपर्ने बताए । वर्षाको समयमा भने नेपालमा उत्पादित विद्युत खेर जाने अवस्था विद्ययमान रहेको पनि उनले स्मरण गरे ।

यो अवस्थामा ऊर्जामन्त्री खड्काले लोडसेडिङ हुन्छ भनेको विषय उठाउँदै सांसद गैरेले सरकारको ध्यानाकर्षण गरेका हुन् ।

  • ७ चैत्र २०८१, बिहीबार १३:१७ प्रकाशित