पृथ्वीनारायण क्याम्पसमा स्थगित स्ववियु निर्वाचन १० चैतमा हुने

केन्द्रभाग मिडिया

पोखरा ।
पृथ्वीनारायण क्याम्पसमा स्थगित स्ववियु निर्वाचन १० चैतमा हुने भएको छ । मतपत्रमा त्रुटि देखिएपछि उत्पन्न परिस्थितिका कारण स्थगित पृथ्वीनारायण क्याम्पसको स्ववियु निर्वाचन १० चैतमा हुने निर्वाचन समितिले जानकारी गराएको हो ।

बुधबार निर्वाचनको तयारीका लागि सर्वपक्षीय बैठकले मिति तय गरेको निर्वाचन समितिका संयोजक प्राडा रामचन्द्र पोखरेलले जानकारी दिए । निर्वाचन समिति संयोजक प्राडा रामचन्द्र पोखरेलले विज्ञप्ति मार्फत १० चैतको बिहान ८ बजेबाट दिउँसो ४ बजेसम्म क्याम्पस परिसरभित्र मतदान हुने बताएका छन् ।

निर्वाचनका लागि २०८१ सालको ७ चैतको राति १२ बजेदेखि मौन अवधि लागू हुनेछ । यसका साथै, स्ववियु निर्वाचनको मतदानका लागि विभिन्न कार्यक्षेत्रका प्राध्यापक र कर्मचारीहरू पहिलाकै जिम्मेवारीमा यथास्थानमा रहनेछन् ।

क्याम्पस प्रशासन र निर्वाचन समिति सबैलाई आगामी निर्वाचनलाई सफल बनाउन सहयोगको आग्रह गर्दै निर्णयको कार्यान्वयन गर्न निर्वाचन समितिले आग्रह गरेको छ ।

  • ६ चैत्र २०८१, बुधबार २०:०० प्रकाशित