कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक आह्वान

केन्द्रभाग मिडिया

काठमाडौँ ।

नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक तय भएको छ । पार्टी कार्यालयका मुख्यसचिव कृष्ण प्रसाद पौडेलले चैत १० गतेका लागि बैठक तय भएको जानकारी दिए ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूको उपस्थिति रहनेछ । बैठकमा राजावादीको गतिविधिसहित समसामयिक विषयमा छलफल र आवश्यक निर्णय हुनेछ ।

  • ६ चैत्र २०८१, बुधबार ११:४८ प्रकाशित