वर्षाले आन्तरिक उडान प्रभावित

केन्द्रभाग मिडिया

पोखरा।

प्रतिकुल मौसमको कारण देशभरका आन्तरिक उडान प्रभावित भएका छन् ।

गएराती देखिनै देशका अधिकांश स्थानमा पानी परिरहेकाले उडान रद्ध भएको विमानस्थल कार्यालयले जनाएको छ। भिजिबिलिटी कम हुदाँ सोलुखुम्बुको लुक्ला, नेपालगञ्ज र कास्कीको पोखरामा उडान हुन नसकेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जानकारी दिएको छ।

पोखरा विमानस्थलबाट हुने उडान पनि आज रद्ध भएको छ । पोखरामा ३ हजार मिटर भिजिबिलिटी रहेको छ ।

  • १४ पुष २०७८, बुधबार १३:१२ प्रकाशित