नेपाल कम्युनिस्ट पार्टी एमाले केन्द्रीय सचिवालयको बैठक बोलाइएको छ । यही चैत ४ गते सचिवालय बैठक बोलाइएको एमाले केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीले जानकारी दिए।
सचिव डा. अधिकारीका अनुसार, उक्त बैठकमा पार्टीको संगठनात्मक गतिविधि, समसामयिक राजनीतिलगायत विषयमा छलफल गरिनेछ ।बैठक ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा दिउँसो १ बजे बस्नेछ।