काठमाडौँ ।
समाजवादी मोर्चाले प्रतिगामी कदमलाई असफल बनाउन बुद्धिजीवी र नागरिक समाजसँग अन्तरक्रिया गर्ने भएको छ । शुक्रवार नेकपा एकीकृत समाजवादीको कार्यालय आलोकनगरमा बसेको मोर्चाको बैठकले यस्तो निर्णय गरेको हो ।
बैठकका निर्णय सुनाउँदै नेकपाका नेता खड्गबहादुर विश्वकर्माले पछिल्लो समयबारे समीक्षा गरिएको र विषय गम्भीर रहेको निष्कर्ष निकालिएको बताए ।
उनले परिस्थिति एकपछि अर्को जटिल बन्दै गएको भन्दै यसलाई असफल बनाउन चैत्र १५ गते काठमाडौँमा वृहत् विरोध कार्यक्रम गर्ने र हजारौँ मानिस उतार्ने गरी तयारी गर्ने निर्णय भएको बताए ।