नेकपा एसले भोलि आन्दोलनको कार्यक्रम घोषणा गर्दै

केन्द्रभाग मिडिया

काठमाडौँ ।

नेकपा एकीकृत समाजवादीले भोलि आन्दोलनको कार्यक्रम घोषणा गर्ने भएको छ ।

मुलुकको पछिल्लो राजनीतिक अवस्थाबारे जानकारी दिन शुक्रवार भोलि पत्रकार सम्मेलन गर्ने नेकपा एसले भोलि नै आन्दोलनको कार्यक्रम घोषणा गर्ने भएको छ । पार्टी अध्यक्ष माधवकुमार नेपालसहित शीर्ष नेताहरूको उपस्थितिमा विशेष कार्यक्रम घोषणा गर्ने प्रचार विभागले जनाएको छ ।

पत्रकार सम्मेलन कार्की ब्याङ्क्वेट बबरमहलमा दिउँसो १२ः३० मा हुने विभागले जनाएको छ । फागुन २६ गते बसेको सचिवालय बैठकले चैत १ गतेबाट सडक संघर्षमा जानेगरी आन्दोलन घोषणा गर्ने निर्णय गरेको थियो ।

  • २९ फाल्गुन २०८१, बिहीबार १४:१४ प्रकाशित