बागलुङ।
नेपाल अन्तर्राष्ट्रिय कृष्णभावनामृत सङ्घ (इस्कोन नेपाल) बागलुङ, म्याग्दी र पर्वत शाखाको संयुक्त आयोजनामा मालढुङ्गामा यी चैत्र १ गते भगवान् श्री चैतन्य महाप्रभुको प्रकट उत्सवको पावन अवसरमा गौरगण्डकी उत्सव आयोजना गरेको छ।
इस्वी सम्वत १४०७ फेब्रुअरी १८ तारिखका दिन मायापुरको नदियामा प्रकट भएका महाप्रभुलाई शास्त्रमा महाबदान्याय ९परम कृपालु० अवतारको रूपमा पुष्टि गरिएको छ।
यही फागुन २८ गतेबाट सुरुवात भएको उक्त उत्सवको पहिलो दिन उद्घाटन समारोह, कीर्तन मेला, गौरगण्डकी कथा, सांस्कृतिक प्रस्तुति, महाप्रसाद वितरण इत्यादि कार्यक्रम सम्पन्न भएका छन्।
उद्घाटन सत्रमा बोल्दै इस्कोन नेपालका अध्यक्ष परमेश्वर अच्युत दासले भक्त अवतारको रूपमा प्रकट हुनुभएका भगवान् चैतन्य महाप्रभु एकमात्र परम दयालु अवतार रहेको हुनाले गौरपूर्णिमा तीन दिन मनाइएको प्रस्ट पारे।
चैत्र १ गते चैतन्य महाप्रभुको अभिभावक दिवसको अवसरमा नरसिंह यज्ञ, पुष्प होली, भगवानको महाभिषेक, कीर्तन, सांस्कृतिक कार्यक्रमहरू, र मूल समारोह आयोजना गरिएको छ।
यस अवसरमा सम्पूर्ण सबैलाई उपस्थित भएर उक्त कार्यक्रमको लाभ लिन समेत आह्वान गरेको छ। रासस














